मोतिबिन्दु (Cataract) भनेको के हो ? लक्षण तथा उपचार के ?
मोतिबिन्दु भनेको के हो ? लक्षण तथा उपचार के ?
नेपालमा अन्धोपन गराउने प्रमुख कारक तत्वमध्यको एक मोतिबिन्दु रोगका बारेमा सुनेको भए ता पनि तपाँईहरु
सवैजनालाई यो रोगको बारेमा धेरै जानाकारी नहुन सक्छ | नेपाल नेत्रज्योति संघ ले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा सन २०१९ मा गण्डकी प्रदेशमा सन्चालन गरेको अन्धोपन निवारण सम्बन्धी सर्भे ( Rapid Assessment of Avoidable Blindness Survey ) का अनुसार गण्डकी प्रदेशमा मोतिबिन्दुका कारण हुने अन्धोपन ४२.६ प्रतिशत रहेको छ | के के कारणले यस्तो रोग लाग्छ ? कस्ता कस्ता खाले लक्षणहरु देखिन्छन ? औषधी उपचार के के हुन ? कहाँ कहाँ यसको उपचार हुन्छ भन्ने बारेमा यहाँ जानाकारी दिने प्रयास गरेको छु |

* मोतिबिन्दु भनेको के हो त ?
कुनै पनि वस्तुबाट आएका प्रकाशका किरणहरु हाम्रो आँखामा रहेका विभिन्न पारदर्शी माध्ययम हुँदै दृष्टिपर्दामा पुगे पछि वस्तुबाट आएका प्रकाशका किरणहरुलाई दृष्टिपर्दाले प्रशोधन गरेर सो को जानाकारी दृष्टिनशा मार्फत दिमागमा पुर्याएपछि हामीले उक्त वस्तुलाई देख्न सक्छौँ | कुनै पनि वस्तुबाट आएका प्रकाशका किरणहरुलाई दृष्टिपर्दामा केन्द्रित गराउन हाम्रो आँखाभित्र रहने प्राकृतिक लेन्सले महत्वपूर्ण भुमिका खेलेको हुन्छ | यहि प्राकृतिक लेन्समा बिभिन्न कारणले धमिलोपना वा बादल आउने अवस्थालाई नै मोतिबिन्दु (Cataract ) भनिन्छ |
* मोतिबिन्दु के के कारणले हुन्छ त ?
१) उमेरका कारणले : उमेरको कारणले शरिरका अन्य भागहरुमा समस्या परेजस्तै ( कपाल फुल्ने,चाउरीपना आउने जस्ता ) आँखाको प्राकृतिक लेन्समा पनि धमिलोपना वा बादल आउन थाल्छ |
२) जन्मजात रुपमा : बच्चा गर्भमा रहँदा आमालाई बिभिन्न किसिमका संक्रमणहरु भएमा ,लामो समयसम्म औषधी खानुपर्ने अवस्था आएमा वा बच्चाको प्राकृतिक बृद्धि विकाशमा असर गर्ने अवस्था आएमा बच्चाहरुमा जन्मजातरुपमा मोतिविन्दु लाग्न सक्छ |
३)चोटपटकका क़ारणले : आँखामा लाग्ने गम्भिर किसिमका चोटपटकहरुले ढिलो वा चाँडो मोतिबिन्दुको विकाश गराउन सक्छ |
४)आँखामा लाग्ने अन्य किसिमका रोगहरुका कारणले : लामो समय सम्म औषधी प्रयोग गरिराख्नुपर्ने आँखाका अन्य किसिमका रोगहरुका कारणले पनि मोतिबिन्दु लाग्न सक्छ |
५) शरिरका अन्य रोगहरुका कारणले : लामो समय सम्म औषधी प्रयोग गरिरहनुपर्ने शरिरका अन्य रोगहरुका कारणले पनि मोतिबिन्दु लाग्न सक्छ |
६) परावैजनी विकिरण तथा अन्य किसिमका बिकिरणका कारणले; लामो समयसम्म परावैजनि विकिरण वा अन्य किसिमका विकिरण सँग संसर्ग हुने व्यक्तिहरुमा मोतिबिन्दु रोग छिट्टै लाग्छ | नेपालको परिप्रेक्षमा हिमाल पहाडका वासिन्दा हरुको तुलनामा तराई-मधेशमा बसोवास गर्ने व्यक्तिहरुलाई छिट्टो मोतिबिन्दु देखिने कारण पनि यहि हो |
* मोतिबिन्दुका लक्षणहरु के के हुन त ?
२) चस्माको पावर पटक-पटक परिवर्तन भै रहने र परिवर्तन गरे पनि स्पष्ट नदेखिने |
३) शुरुवाती अबस्थामा बत्तीको वरिपरि इन्द्रेणी लागे जस्तो देखिने |
४) एउटै वस्तुलाई दुई तिनवटा देखिने आदी
*मोतिबिन्दुको उपचार के त ?
कतिपय प्रकारका मोतिविन्दुहरुमा शुरुवाती अवस्थामा पावर चस्माले अलि अलि काम गर्ने भएता पनि
मोतिबिन्दुको मुख्य उपचार भनेको शल्यक्रिया नै हो | मोतिविन्दुको शल्यक्रिया गर्दा बादल लागेको आँखाको प्राकृतिक लेन्सलाई हटाएर उक्त स्थानमा पारदर्शी कृतिम लेन्सको प्रत्यारोपण गरिन्छ | मोतिविन्दुको शल्यक्रिय़ा परम्परागत रुपमा टाँका लागाउने (ECCE ) सानो घाउ बनाई टाँका नलगाई (SICS) तथा अत्याधुनिक कम्पुटर प्रविधि (Phacoemulsification )बाट गर्ने गरिन्छ | मोतिविन्दुको शल्यक्रिया पश्चात आँखामा प्रत्यारोपण गरिने पारदर्शी कृतिम लेन्स पनि विभिन्न प्रकार र सुविधाका हुने गर्दछन |

*मोतिविन्दुको उपचार तथा शल्यक्रिया कहाँ कहाँ हुन्छ त ?
हिमालय आँखा अस्पताल पोखरा लगायत नेपालका सवै प्रमुख आँखा अस्पतालहरुमा मोतिविन्दुको अत्याधुनिक
प्रविधिको शल्यक्रियाको सुविधा उपलव्ध छ | तसर्थ मोतिबिन्दुको लक्षण देखिएमा आफुलाई पायक पर्ने आँखा अस्पतालहरुमा गै उचित उपचार तथा परामर्श लिन नभुलौँ | याद राख्नुहोस यथोचित समयमा मोतिबिन्दुको शल्यक्रिया नगराएमा मोतिबिन्दु बिग्रेर जलबिन्दु लगायतका समस्याहरु देखा पर्ने र शल्यक्रिया गरेर पनि नदेखिने जस्ता समस्याहरु हुन सक्छ | मोतिबिन्दु सम्बन्धी जानाकारी यो भिडियोबाट पनि प्राप्त गर्न सक्नु हुनेछ |

No comments: