सूचना प्रविधि सम्बन्धी २० रोचक तथ्यहरु ।
आजको युग सूचना र प्रविधिको युग हो । द्रुततर र अकल्पनीय तवरबाट वृद्धि भइरहेको सूचना र प्रविधिको विकासले सारा विश्व ब्रह्माण्ड साघुँरिदै गै रहेको प्रतित हुन्छ । सूचना र प्रविधिको विकासले कतिपय काल्पनिक तथा असम्भव प्रायः लाग्ने कुराहरु यथार्थमा
परिणत भएको पाइन्छ । सूचना प्रविधि का उपलब्धि हरु ले हाम्रो जीवनयापन सहज र सरस बनाएको कुरामा कसैको दुईमत नहोला । सूचना प्रविधिका कतिपय तथ्य तथा जानकारीहरु सबैलाई थाहा नभएको हुनसक्छ । त्यसैले सूचना प्रविधिसँग सम्बन्धित २० रोचक तथ्य तथा जानकारीहरु यहाँ प्रस्तुत गरेको छु ।
१) कम्प्युटरको पहिलो माउस काठ बाट बनाइएको थियो ।
२) पहिलो कम्प्युटर प्रोग्रामर महिला हुनुहुन्थ्यो । उहाँको नाम अडा लोभेलेस (Ada Lovelace) थियो ।
३) कम्प्युटरको पहिलो गेम Tennis for two सन् १९५८ मा बनाइएको थियो ।
४) कम्प्युटरको पहिलो भाइरसको नाम Creeper virus थियो जुन सन् 1976 मा आफैंलाई फैलाउँदै लैजाने गरी बनाइएको थियो ।
५) पहिलो इमेल सन् १९७१ मा पठाइएको थियो । रे टोमलिन्सन Ray Tomlinson नामका कम्प्यूटर इन्जिनियर ले उक्त ईमेल पठाउनु भएको थियो ।
६) संसारको पहिलो सर्च इन्जिन (search engine) आर्ची (Archie) सन् 1990 मा बनाइएको थियो ।
७) सन् १९९३ मा पहिलो वेब ब्राउजर (web-browser) मोजाईक ( Mosaic ) को सुरुवात गरिएको थियो ।
८) इन्टरनेटको दुनियाको अहिलेसम्मको बादशाह गुगल Google सन् १९९८ मा ल्यारी पेज Larry Page र सर्गेइ ब्रिन Sergey Brin द्वारा संयुक्त रुपमा सुरुवात गरिएको थियो । त्यतिबेला उहाँहरुको स्ट्यान्डफोर्ड (Stanford University) विश्वविद्यालयका विद्यार्थीहरु हुन्थ्यो ।
९) ईन्टरनेट दुनियाँको पहिलो सामाजिक सञ्जाल वेबसाइट सिक्स डिग्री (six degree) सन् १९९७ मा शुरुवात गरिएको थियो तर यो कहिल्यै पपुलर हुन सकेन । इन्टरनेटमा अझै पनि यो साइटलाई ब्राउज गर्न र चलाउन सकिन्छ ।
१०) पहिलो स्मार्टफोन द आई बि एम सिमोन (the IBM Simon) सन् १९९३ मा रिलिज गरिएको थियो ।
११) पहिलो क्यामेरा फोन सन् २००० मा जापानमा रिलिज गरिएको थियो ।
१२) पहिलो टुइट (First Tweet) सन् २००६ मा पठाइएको थियो । ट्विटरका
सह- संस्थापक. ज्याक डोर्से Jack Dorsey ले उक्त ट्वीट पठाउनु भएको थियो जसमा लेखिएको थियो "just setting up my twttr "
१३) पहिलो एप स्टोर आईफोन एप स्टोर iphone appstore हो जुन सन् २००८ मा सुरुवात गरिएको थियो ।
१४) कम्प्युटरबाट निर्माण गरिएको पहिलो एनिमेटेड फिल्म को टोय स्टोरी Toy Story हो जुन सन् १९९५ मा रिलिज गरिएको थियो ।
१५) संसारको पहिलो डिजिटल क्यामेरा सन् १९७५ मा निर्माण गरिएको थियो ।
१६) पहिलो कम्प्युटरमा आधारित training programme सन् १९५१ मा यु. एस. एयर फोर्स US Airforce द्वारा निर्माण गरिएको थियो । जुन राडार टेक्निसियन हरुलाई तालीम दिनका लागि प्रयोग गरिएको थियो ।
१७) पहिलो अनलाइन कारोबार सन् १९९४ मा गरिएको थियो जसमा इन्टरनेटको प्रयोग गरेर एक जनाले पिज्जा हट बाट पिज्जा pizza किन्नु भएको थियो ।
१८) पहिलो अनलाईन इन्साइक्लोपेडिया (online encyclopedia) विकिपेडियाको सुरुवात सन् २००१ मा गरिएको थियो जसमा विश्वभरका स्वयंसेवकहरुले लेखरचनाहरु लेख्ने र एडिट गर्ने गर्दछन् ।
१९) संसारको पहिलो एम पी थ्री प्लेयर mp3 player) MPman हो जुन सन् १९९८ मा रिलिज गरिएको थियो । यसको भण्डारण क्षमता ३२ एमबीको थियो जसमा ६ देखि ८ वटासम्म गीतहरू भण्डारण गर्न सकिन्थ्यो ।
२०) संसार पहिलो मोबाइल फोन सन् १९७३ मा मोटोरोला motorola कम्पनीका
कामदार मार्टिन कुपर Martin Cooper ले बनाउनुभएको थियो ।
लेखन तथा संकलन :- बिजय पौडेल



No comments: