सन २०२२ मा सर्वाधिक डाउनलोड गरिएका मोवाईल एपहरु । टिकटक पहिलो नम्बरमा,फेसबुक आठौँ नम्बरमा ।
मोवाईल एप हरुको डाउनलोड ,प्रयोग, प्रतिस्पर्धा आदिको तथ्याङ्क राख्ने वेबसाईटapptopia.com का अनुसार सन् २०२२ मा सर्वाधिक डाउनलोड हुने मोवाईल एप को पहिलो नम्बरमा पछिल्लो समयमा धेरै नै लोकप्रिय हुँदै गैरहेको मोवाईल एप TikTok परेको छ । सामाजिक सञ्जाल फेसबुक Facebook एप भने उक्त सूचीको आठौँ नम्बरमा परेको छ । प्रख्यात अन्तराष्ट्रिय पत्रिका forbes.com का अनुसार फेसबुक प्रयोगकर्ता हरु को तथ्याङ्क अघिल्लो वर्ष को तुलना मा २५% ले कम हो ।
तथापी फेसबुक को अविभावक कम्पनी मेटा का अन्य २ उत्पादन हरु इन्स्टाग्राम Instagram र ह्वाट्सएप WhatsApp भने उक्त सूचीको क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका छ्न । TikTok कम्पनी को अर्को उत्पादन CapCut चाँहि उक्त सूचीको चौथौं नम्बरमा परेको छ ।
उक्त सूची का सवै मोवाईल एप हरुको तथ्याङ्क निम्नानुसार रहेको छ ।
- TikTok: ६७२ मिलियन डाउनलोड
- Instagram: ५४८ मिलियन डाउनलोड
- WhatsApp: ४२४ मिलियन डाउनलोड
- CapCut: ३५७ मिलियन डाउनलोड
- Snapchat: ३३० मिलियन डाउनलोड
- Telegram: ३१० मिलियन डाउनलोड
- Subway Surfers: ३०४ मिलियन डाउनलोड
- Facebook: २९८ मिलियन डाउनलोड
- Stumble Guys: २५४ मिलियन डाउनलोड
- Spotify: २३८ मिलियन डाउनलोड

No comments: